News लालीगुराँसलाई ३१औं त्रिवेणी कपको उपाधि
गोलनेपाल

बेसिशहर । यहाँ सम्पन्न प्रतिष्ठित ३१औं त्रिवेणी कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको उपाधि लालीगुराँस युथ क्लब, भुजुङले जितेको छ । फाइनलमा बेसिशहर युथ सोसाईटी, सेरालाई शुन्यका विरुद्ध १ गोलले हराउँदै लालीगुराँस च्याम्पियन बनेको हो ।

बेसिशहर स्थित सहजी त्रिवेणी रंगशालामा भएको प्रतिस्पर्धातमक फाइनल खेलमा बेसिशहरका आन्द्रेज निआले गरेको आत्मघाती गोल नै लालीगुराँसलाई १९ वर्षपछि त्रिवेणी कपको च्याम्पियन बनाउन निर्णायक गोल बन्यो ।

विजेता बनेको लालिगुराँसले उपाधिसहित नगद ८ लाख हात पार्यो भने उपविजेता बेसिशहरले ४ लाखसहित ट्रफी, मेडलमा चित्त बुझाउन बाध्य बन्यो । विजेता तथा उपविजेता खेलाडीहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे लगायतले पुरस्कृत गरेका थिए ।

त्रिवेणी युवा क्लब, बेसिशहर, लमजुङको आयोजनामा पुस १२ गतेदेखि शुरु प्रतियोगितामा कुल २१ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments