News स्थानीय तह शहिद स्मृति छैठौं मकवानपुर गोल्डकपको खेलतालिका सार्वजनिक
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा यही माघ १६ गतेदेखि शुरु हुन गईरहेको प्रतिष्ठित स्थानीय तह शहिद स्मृति छैठौं मकवानपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ ।

हेटौडा–६, मकवानपुर स्थित गौरीटार रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा माघ १६ गतेका दिन पाहुना टोली पारो फुटबल क्लब, भुटान र राईट लेन बागमती युथ क्लब, सर्लाही भिड्ने छन् ।

आयोजकका अनुसार पोखरा गोल्डकप पनि जारी रहेकाले क्लबहरुसँगको समन्वयमा अहिलेलाई खेलतालिकाको शुरुवाती चार खेलाडीहरुको मिति मात्र निर्धारण गरिएको छ । कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल माघ २७ गतेका दिन हुनेछ ।

मकवानपुरका स्थानीय तहरुको मुख्य प्रायोजन रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडीले एक थान बुलेट मोटरसाइकल हात पार्ने पनि मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले जानकारी दिए ।

Post Comments