News बराहक्षेत्र मेयर लिग कपः वार्ड नम्बर ३ र १ को जित
गोलनेपाल

बराहक्षेत्र । यहाँ जारी दोस्रो बराहक्षेत्र मेयर लिग कप फुटबल प्रतियोगितामा बुधबार वार्ड नम्बर ३ र वार्ड नम्बर १ ले जित हात पारेका छन् । देवघाट स्थित बसन्त ऋतु माविको खेलमैदानमा भएको पहिलो खेलमा वार्ड नम्ब ३ ले वार्ड नम्बर ६ लाई २–० ले हरायो ।

वार्ड नम्बर ३ को जितमा रोशन भुजेल र बिबेक बिकले गोल गरे । खेलको म्यान अफ द म्याच पनि विजयी टोली वार्ड नम्बर ३ का रोशन भुजेल घोषित भए ।

त्यस्तै दोस्रो खेलमा वार्ड नम्बर १ ले वार्ड नम्बर २ लाई २–१ ले हरायो । वार्ड नम्बर १ का लागि अभिषेक श्रेष्ठ एक्लैले दुई गोल गरे । उता पराजित वार्ड नम्बर २ का लागि दिपेश तामाङले गरेका थिए । खेलमा वार्ड नम्बर १ का अभिषेक श्रेष्ठ म्यान अफ द म्याच घोषित भए ।

बराहक्षेत्र नगर खेलकुद विकास समिति, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । बराहक्षेत्र नगरपालिका, सुनसरी संरक्षक रहेको प्रतियोगिताको समापन भने फागुन ४ गतेका दिन हुनेछ ।

Post Comments