News एपिएफ फाइनलमा, उपाधिका लागि एनआरटीसँग भिड्ने
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । उत्कृष्ट जितका साथ सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब, काठमाडौं यहाँ जारी छैठौं स्थानीय शहिद स्मृति मकवानपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको दोस्रो सेमिफाइनलमा एपिएफले राईट लेन बागमती युवा क्लब, सर्लाहीलाई शून्यका विरुद्ध ४ गोलले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो । गौरीटार रंगशालामा भएको खेलमा एपिएफका लागि अनिष महर्जन, प्रदिप लामा, सोङ र फोडे फोफनाले समान एक–एक गोल गरे ।

खेलमा एपिएफका अनिष महर्जन म्यान अफ द म्याच घोषित भए । एपिएफले अब माघ २७ गते शनिबारका दिन हुने फाइनलमा न्युरोडटिम (एनआरटी) सँग उपाधिका लागि भिड्ने आयोजकले जानकारी दियो ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजना तथा न्यु डाँफे फुटबल क्लब, हेटौडाको व्यवस्थापनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेृछ । फाइनल खेल यही माघ २७ गतेका दिन हुनेछ ।

Post Comments