News बराहक्षेत्र मेयर लिग कप जारी
गोलनेपाल

तरहरा । सुनसरीको तरहरामा जारी बराहक्षेत्र मेयर लिग कप फुटबल प्रतियोगिता अन्तर्गत वार्ड नम्बर ३ र ९ ले बराबरी खेल्दा वार्ड नम्बर १ ले जित हात पारेको छ । देवघाट स्थित बसन्त ऋतु माविको खेलमैदानमा भएको पहिलो खेलमा वार्ड नम्बर ३ र ९ ले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

खेलमा वार्ड नम्बर ३ का लागि निशान लिम्बुले पेनाल्टीबाट गोल गरेका थिए भने वार्ड नम्बर ९ का लागि सुरेश कुमार लिम्बुले बराबरी गोल फर्काएका थिए । खेलमा खेलमा वार्ड नम्बर ३ का साजन राई म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै दोस्रो खेलमा वार्ड नम्बर १ ले वार्ड नम्बर १० लाई २–१ को अन्तरले हरायो । वार्ड नम्बर १ का लागि यम्बी हाङ राई र रयन राईले गोल गरे । त्यस्तै पराजित वार्ड नम्बर १० का लागि श्याम कुमार उरवाले गोल फर्काएका थिए । खेलमा वार्ड नम्बर १ का रयन राई म्यान अफ द म्याच चुनिए ।

बराहक्षेत्र नगर खेलकुद विकास समिति, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । बराहक्षेत्र नगरपालिका, सुनसरी संरक्षक रहेको प्रतियोगिताको समापन भने फागुन ४ गतेका दिन हुनेछ ।

Post Comments