News फोर ब्रदर्श सेमिफाइनलमा
गोलनेपाल

मध्यविन्दु । सेन्ट्रल कलेज फोर ब्रदर्श एफसी, भुमही यहाँ जारी छैठौं राईनो संरक्षण गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राइनो रंगशालामा भएको पहिलो क्वाटरफाइनलतर्फा फोर ब्रदर्शले दोस्रो रोजाईको खेलाडीहरु लिएर उत्रिएको त्रिभुवन आर्मी फुटबल क्लब, काठमाडौंलाई २-१ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

खेलमा फोर ब्रदर्शका युवराज न्यौपाने म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत फागुन ३ गते बिहीबारको दोस्रो क्वाटरफाइनल खेल एपीएफ फुटबल क्लब र नेपाल पुलिस क्लब बीच हुने आयोजकले जानकारी दियो ।

राईनो क्लब, मध्यविन्दु-४, नवलपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधी सहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ । फाइनल ल्हेल यही फागुन ९ गतेका दिन हुनेछ ।

Post Comments