News उपाधिका लागि चाबहिल र एनआरटी एफसी भिड्ने
गोलनेपाल

भरतपुर। स्व दीलिप राणा स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कप फुटबलको उपाधिका लागि चाबहिल भेट्रान ललितपुर र एनआरटी एफसी भिड्ने भएका छन् । 

शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन फ्रीडम फाइटरलाई हराउँदै चाबहिल भेट्रानले फाइनलमा स्थान बनायो । प्रतिस्पर्धात्मक खेलमा चाबहिलले टाइब्रेकरमा डिफेन्डिङ च्याम्पियनलाई ३-२ ले निराश बनायो ।

त्यसअघि निर्धारित समय २-२ को बराबरीमा सकिएको थियो । खेलमा फ्रीडम फाइटरले दुई पटक अग्रता लिए पनि जोगाउन सकेन । राजु खड्काको गोलमा फ्रीडम फाइटरले अग्रता लिएको थियो । तर उपहार गोलमा चाबहिल खेलमा फर्कियो ।

पहिलो हाफमा नै कन्यसुब्बा गुरुङले गोल गर्दै फ्रीडम फाइटरलाई अग्रता दिलाए । तर दोस्रो हाफमा चाबहिलका कप्तान पासाङ शेर्पाले उत्कृष्ट गोल गर्दै खेललाई टाइब्रेकरमा धकेले । जसमा चाबहिलले बाजि मार्यो । चाबहिलका बिभोर गुरुङ म्यान अफ दि म्याच भए ।

दोस्रो सेमिफाइनलमा एनआरटी एफसी भेट्रानले भनिमण्डल भेट्रान ललितपुरलाई हराउँदै चाबहिलसँँगको उपाधि भिडन्त पक्का गरेको छ । खेलमा एनआरटी १-० ले विजयी भयो । उसको जितमा नरेश श्रेष्ठले गोल गरे । एनआरटीका कप्तान नरेन्द्रमान श्रेष्ठ म्यान अफ दि म्याच भए ।

Post Comments