News तेस्रो चिल्ड्रेन लाईफ कप शुरु
सुरज राना मगर

बागलुङ्ग । चिल्ड्रेन लाईफ स्पोर्टस क्लब, बागलुङ्गको आयोजनामा तेस्रो चिल्ड्रेन लाईफ कप अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगितामा चिल्ड्रेन लाईफ (सेतो) र फ्युचर ब्राईटर बोर्डिङ्ग स्कुलले विजयी शुरुवात गरेका छन् ।

बाङ्गेचौर खेलमैदानमा भएको उद्घाटन खेलमा चिल्ड्रेन लाईफ बोर्डिङ्ग स्कुल (सेतो) ले गुराँस विद्या सदन माविलाई शून्यका विरुद्ध १ गोलले हरायो । खेलमा चिल्ड्रेन लाईफका लागि बिराज किसानले एक मात्र निर्णायक गोल गरे ।

दोस्रो खेलमा फ्युचर ब्राईटर बोर्डिङ्ग स्कुलले डिग्नटी कलेजलाई ४–० को फराकिलो अन्तरले हरायो । ब्राईटर फ्युचरका लागि अमृत शर्माले दुई गोल गरे भने अंगत शर्मा र किरण थापाले थप एक–एक गोल गरे । यो जितसँगै चिल्ड्रेन लाईफ र फ्युचर ब्राईटर प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

त्यसअघि प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्रबहादुर थापाले गरेका थिए । यही फागुन १३ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४४,४४४ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २२,२२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष नवराज श्रेष्ठले जानकारी दिए ।

Post Comments