News दशौं चेल्सी इन्टर स्कुल टिचर्स फुटसल हुँदै
गोलनेपाल

काठमाडौं । चेल्सी वर्ल्ड स्कुलको आयोजनामा यही फागुन १९ गते शनिबारका दिन दशौं चेल्सी इन्टर स्कुल टिचर्स फुटसल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिताको सबै तयारी पनि पूरा भएको आयोजकले जानकारी दियो । प्रतियोगितामा कुल १४ टोलीहरुले सहभागिता जनाउने पनि आयोजकले जनाएको छ ।

साथै प्रतियोगिताको विजेता, उपविजेता टोलीहरुलाई पनि उचित पुरस्कारको वयवस्था गरिएको आयोजकले जानकारी दियो । 

शिक्षकहरुका लागि अध्यापनसँगै स्वस्थ मनोरञ्जन र भाईचारा कायम गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक चेल्सी वर्ल्ड स्कुलले जनाएको छ ।

Post Comments