News ब्राइट फ्युचरलाई सफलता
गोलनेपाल

काठमाडौं । ब्राइट फ्युचरले तेश्रो स्वस्तिश्री गुरुकुल अन्तरविद्यालय ब्वाइज फुटसल प्रतियोगितामा जित हात पारेको छ । यु–१२ उमेर समूहमा ब्राइट फ्युचरले आयोजक स्वस्तिश्री गुरुकुल आईबी वल्र्ड स्कुल ‘सी’ लाई ५–१ गोलले पराजित गर्यो ।

सोही उमेर समूहको अन्य खेलमा ब्रम्हकुञ्जले द एक्सेल्सियर स्कुलाई २–१, नाम्सले एक्सेल्सियरलाई ३–०, ब्रम्हकुञ्जले नाम्सलाई ३–२ र स्वस्तिश्री गुरुकुलल ‘ए’ ले युरो स्कुलाई ५–१ गोलले हराए ।

यु–१४ मा स्वस्तिश्री गुरुकुल ‘ए’ ले ग्यालेक्सी पब्लिक स्कुललाई ५–०, एक्सेल्सियरले स्वस्तिश्री गुरुकुल ‘बी’ लाई ६–०, ग्यालेक्सीले निसर्ग वाटिकालाई ७–२, एक्सेल्सियरले न्यु एरा एकेडेमीलाई २–१, स्वस्तिश्री गुरुकुल ‘ए’ ले निसर्ग वाटिकालाई ४–१, न्यु एराले स्वस्तिश्री गुरुकुल ‘बी’ लाई ३–२, स्वस्तिश्री गुरुकुल ‘सी’ ले काठमाडौं विद्याकुञ्जलाई ३–२ र रिब्सले सेक्रेड हार्टलाई २–१ गोलले पाखा लगाए ।

यु–१६ मा पाठशालाले एक्सेल्सियरलाई ३–०, पारामाउन्टले ग्यालेक्सीलाई ३–२, पाठशालाले निसर्ग वाटिकालाई ३–१ तथा स्वस्तिश्री गुरुकुलले ग्यालेक्सीलाई १–० र पारामाउन्टलाई ५–१ गोलले पन्छाए । निसर्ग वाटिका र एक्सेल्सियरबीचको खेल १–१ को बराबरीमा टुंगियो ।

Post Comments