News समपुर्ण कञ्चन कपको सेमिफाइनलमा
सुरज राना मगर

दियोबजार । प्रतिस्पर्धात्मक जितका साथ समपुर्ण युवा क्लब, सुपौली जारी कञ्चन कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

कञ्चन–४, दियोबजार स्थित आयोजकको खेलमैदानमा भएको पहिलो क्वाटरफाइनतर्फ समपुर्णले विश्वशान्ति युवा क्लब, सालझण्डीलाई ४–३ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।

खेलमा समपुर्णका विज्ञान गुरुङ म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत फागुन १९ गते शनिबारको दोस्रो क्वाटरफाइनल खेल डोना फुटबल एकेडेमी, सितलापुर र फोर ब्रदर्श एफसी, नवलपरासी बीच हुने आयोजकले जानकारी दियो ।

हिमालय सामुदायिक विकास केन्द्र, कञ्चन–४, दियोबजारको आयोजना र कञ्चन गाउँपालिकाको संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख २५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख १५ हजार प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष प्रकाश थापाले बताए । फाइनल यही २५ गतेका दिन हुनेछ ।

 

Post Comments