News समपुर्णलाई सेमिफाइनल पुर्याउन सृजनको ह्याट्रिक
सुरज राना मगर

करौजिया । सृजन क्षेत्रीले ह्याट्रिक गरेपछि समपुर्ण युवा क्लब, सुपौली जारी स्व. खगी गुरुङसेनी स्मृति छैठौं न्यु सृजना कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ ।

आइतबार भएको तेस्रो क्वाटरफाइनलतर्फ समपुर्णले आयोजक न्यु सृजना युवा क्लब, करौजियालाई शून्यका विरुद्ध ३ गोलले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

तिलोत्तमा–१३, करौजिया स्थित आयोजक क्लबको खेलमैदानमा भएको खेलमा समपुर्णका लागि तीनै गोल सृजन क्षेत्रीले गर्दै ह्याट्रिक पूरा गरे । ह्याट्रिककर्ता सृजन नै खेलको म्यान अफ द म्याच चुनिए ।

प्रतियोगिता अन्तर्गत फागुन २१ गते सोमबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल माछापुच्छ्रे फुटबल क्लब, पक्लिहवा र फर्साटिकर युवा क्लब, फर्साटिकर बीच हुने खेल संयोजक शेर गुरुङले जानकारी दिए ।

न्यु सृजना युवा क्लब, तिलोत्तमा–१३, करौजियाको आयोजना तथा वरिष्ठ समाजसेवी क्या. नरजंग गुरुङको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १६ हजार हात पार्नेछ भने उपविजेताले ६० हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सोबित दर्लामीले जानकारी दिए । फाइनल खेल यही फागुन २६ गतेका दिन हुनेछ ।

Post Comments