News राईट लेन बागमती शहिद हेमनारायण गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

सिरहा । राईट लेन बागमती युवा क्लब, सर्लाही यहाँ जारी शहिद हेमनारायण गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको क्वाटरफाइनल खेलतर्फ बागमतीले चात्या सा पुस्तकालय, दमकलाई २–१ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।

सिरहा बहुमुखी क्याम्पसको खेलमैदानमा भएको खेलमा बागमतीका लागि कपिल मगर र अशोक स्याङ्तनले गोल गरे । पराजित चात्या साका लागि विदेशी खेलाडी डेविड ओस्कारले गोल फर्काएका थिए । खेलमा बागमतीका अशोक स्याङ्तन म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ३ हजार र ट्रफी हात पारे ।

सलहेश युवा क्लब, सिरहाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ७१ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ३५ हजार प्राप्त गर्नेछ । कुल १० टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यही फागुन ३० गतेका दिन हुनेछ ।

Post Comments