News प्रथम वडा अध्यक्ष कपः वडा नम्बर ६ क्वाटरफाइनलमा
गोलनेपाल

गोलबजार । यहाँ जारी प्रथम वडा अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिता अन्तर्गत वडा नम्बर ६ क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रिक्वाटरफाइनलतर्फ वडा नम्बर ९ लाई टाईब्रेकरमा हराउँदै वडा नम्बर ६ क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको हो ।

गोलबजार–२, गुरुधाम स्थित एकिकृत खेलग्राममा भएको खेलमा वडा नम्बर ६ ले वडा नम्बर ९ माथि टाईब्रेकरमा ५–४ को जित निकाल्यो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले ३–३ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । खेलमा वडा नम्बर ६ का शिवोन यादव म्यान अफ द म्याच चुनिए ।

गोलबजार नगरपालिका, वडा नम्बर २ को कार्यालय, लालपुर, सिरहाको आयोजना तथा गोलबजार नगरपालिका, गोलबजार, सिरहाको संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले ३१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन ३० गतेका दिन हुनेछ ।

Post Comments