News प्रथम वडा अध्यक्ष कप: वडा नम्बर १० क्वाटरफाइनलमा
गोलनेपाल

गोलबजार । झिनो अन्तरको जितका साथ वडा नम्बर १० यहाँ जारी प्रथम वडा अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गोलबजार-२, गुरुधाम स्थित एकीकृत खेलग्राममा भएको अन्तिम प्रीक्वाटरफाइनलमा वडा नम्बर १० ले वडा नम्बर १३ लाई शुन्यका विरुद्ध १ गोलले हरायो ।

खेलमा वडा नम्बर १० का लागि सिद्धान्त लामाले एक मात्र गोल गरे । निर्णायक गोलकर्ता लामा नै खेलको म्यान अफ द म्याच समेत चुनिए ।

गोलबजार नगरपालिका, वडा नम्बर २ को कार्यालय, लालपुर, सिरहाको आयोजना तथा गोलबजार नगरपालिका, गोलबजार, सिरहाको संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले ३१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन ३० गतेका दिन हुनेछ ।

Post Comments