News हेटौडा एफए क्वाटरफाइनलमा
गोलनेपाल

सिरहा । हेटौडा फुटबल एकेडेमी यहाँ जारी शहिद हेमनारायण गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको प्रिक्वाटरफाइनलतर्फ हेटौडाले माँ कामाख्या स्पोर्टस क्लब, बनारस (भारत) लाई २–१ ले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो ।

सिरहा बहुमुखी कयाम्पसको खेलमैदानमा भएको खेलमा हेटौडाका लागि निरज ठकुरी र दिवस श्रेष्ठले गोल गरे । पराजित माँ कामाख्याका लागि नओबीले एक मात्र गोल फर्काएका थिए । खेलमा हेटौडाका दिवस श्रेष्ठ म्यान अफ द म्याच घोषित भए ।

सलहेश युवा क्लब, सिरहाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ७१ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ३५ हजार प्राप्त गर्नेछ । कुल १० टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यही फागुन ३० गतेका दिन हुनेछ ।

Post Comments