News २४औं बुढासुब्बा गोल्डकपको खेलतालिका सार्वजनिक
गोलनेपाल

धरान । मोफसल कै पुरानो र प्रतिष्ठित मध्ये एक २४औं बुढासुब्बा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ ।

धरान–१६ स्थित प्रस्तावित क्षेत्रीय रंगशालामा यही फागुन २६ गतेदेखि शुरु हुन गईरहेको उद्घाटन खेलमा आयोजक धरान एफसी, धरान र युकेएफसी, भारत भिड्ने छन् ।

कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल चैत ३ गतेका दिन हुनेछ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिए ।

Post Comments