News आयोजक सलहेश सेमिफाइनलमा
गोलनेपाल

सिरहा । आयोजक सलहेश युवा क्लब, सिरहा यहाँ जारी शहिद हेमनारायण गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको क्वाटरफाइनलतर्फ सलहेशले हेटौडा फुटबल एकेडेमी, मकवानपुरलाई शून्यका विरुद्ध ३ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।

सिरहा क्याम्पसको खेलमैदानमा भएको खेलमा सलहेशका लागि फोडे फोफनाले दुई गोल गरे । थप एक गोल भने जय गुरुङले गरे । दुई गोल गरेका सलहेशका फोफना म्यान अफ द म्याच समेत चुनिए ।

सलहेश युवा क्लब, सिरहाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ७१ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ३५ हजार प्राप्त गर्नेछ । कुल १० टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यही फागुन ३० गतेका दिन हुनेछ ।

 

 

Post Comments