News चात्या सा पुस्तकालय सातौं गोलबजार मेयर गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

गोलबजार । उत्कृष्ट जितका साथ चात्या सा पुस्तकालय, दमक यहाँ जारी सातौं गोलबजार मेयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको तेस्रो क्वाटरफाइनलतर्फ चात्या सा पुस्तकालयले मकवानपुर–११, हेटौडालाई ५–२ ले हराउँदै सेमिफाइनल स्थान सुरक्षित गर्न सफल भएको हो । चात्या सा पुस्तकालयको जितमा जय गुरुङले पेनाल्टीबाट दुई गोल गरे । त्यस्तै समिर राई, अल्बिन पौडेल र सरोज तामाङले एक–एक गोल गरे ।

उता पराजित मकवानपुरका लागि दुवै गोल प्रबिन स्याङबोले गरेका थिए । खेलमा चात्या सा पुस्तकालयका समिर राई म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत चैत १८ गते आइतबारको चौथो क्वाटरफाइनल खेल माँ कामाख्या स्पोर्टस क्लब, बनारस, भारत र गुरुधाम फुटबल क्लब, सिरहा बीच हुने आयोजकले जानकारी दियो ।

गोलबजार नगरपालिका नगर कार्यपालिकाको कार्यालय, गोलबजार, सिरहाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही चैत २२ गतेका दिन हुनेछ ।

Post Comments