News आयोजक तिजोकको विजयी शुरुवात
गोलनेपाल

नवमीडाँडा । बुधबारदेखि शुरु भएको अन्तर जिल्ला आमन्त्रित नकआउट फुटबल प्रतियोगितामा आयोजक तिजोक युवा क्लबले विजयी शुरुवत गरेको छ । उद्घाटन खेलमा तिजोकले मैवाखोला गाउँपालिका, ताप्लेजुङलाई शून्यका विरुद्ध २ गोलले हराउँदै विजयी शुरुवात गरेको हो ।

तिजोकको जितमा निर्देश राई एक्लैले दुई गोल गरे । दुई गोलकर्ता निर्देश नै खेलको म्यान अफ द म्याच चुनिए । यो जितसँगै आयोजक तिजोक सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत चैत २९ गते बिहीबारको दोस्रो क्वाटरफाइनल खेल वाइएफसी, मोरङ र आठराई गाउँपालिका, तेह्रथुम बीच हुने आयोजकले जानकारी दियो ।

तिजोक युवा क्लब, पाँचथरको आयोजनामा शुरु भएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल आउँदो बैशाख ४ गतेका दिन हुनेछ ।

Post Comments