
पोखरा । पोखरा रंगशालामा जारी दोश्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साईड भेट्रान्स फुटवल प्रतियोगिताको उपाधीको लागि ढोलाहिटि फ्रीडम र हेटौडा भेट्रान्स भिड्ने भएका छन ।
प्रतियोगिता अन्तर्गत बुधवार सम्पन्न पहिलो सेमि फाईनल खेलमा चितवन भेट्रान्सलाई २–० गोल अन्तरले पराजित गर्दै ढोलाहिटि फ्रीडमले फाईनल यात्रा तय गरेको हो । खेलमा ढोलाहिटिको तर्फबाट तेज वहादुर गलामि र प्रकाश राना मगरले १/१ गोल गरे । खेलमा भोटाहिटिका प्रकाश राना मगर म्यान अफ द म्याच घोषित भए । खेलको ३५ औ मिनेटमा चितवनका गोलरक्षक छन्नु चौधरिले रेडकार्ड पाएर बाहिरिए पछि ढोलाहिटिले लगातार दुई गोल गर्दै फाईनलको यात्रा तय गर्न सहज बन्यो ।
त्यस्तै दोस्रो सेमिफाईनल खेलमा आयोजक एबिसी भेट्रान्सलाई पाखा लगाउदै हेटौडा भेट्रान्सले फाईनल यात्रा तय गर्यो । हेटौडाका लागि सरोज थापाले निर्णायक २ गोल गरेका थिए । खेलमा सरोज थापा नै म्यान अफ द म्याच घोषित भए ।
- गण्डकी प्रदेश लिगः एलजी एसोसिएशन र हरमटारीको जित
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने