News याङवरक र फिदिम सेमिफाइनलमा प्रवेश
गोलनेपाल

फिदिम । याङवरक गाउँपालिका र फिदिम नगरपालिका यहाँ जारी दोस्रो याङनाम गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बिहीबार भएको तेस्रो क्वाटरफाइनलमा याङवरकले तुम्बेवा गाउँपालिकालाई ६–२ को फराकिलो अन्तरले हरायो । याङवरकका लागि जमिन लक्समले ह्याट्रिकसहित चार गोल गरे । त्यस्तै मनिल योङयाकोले थप दुई गोल गरे ।

पराजित तुम्बेवाका लागि मिनराज श्रेष्ठ र भिम सम्बाहाम्फेले एक–एक गोल गरे । खेलमा याङवरकका जमिन लक्सम म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै चौथो क्वाटरफाइनलमा फिदिमले मिक्लाजुङ गाउँपालिकालाई सडन डेथमा ५–४ ले हराउँदै अन्तिम चारमा प्रवेश गर्यो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा फिदिमका गोलरक्षक बेगम गुरुङ म्यान अफ द म्याच घोषित भए ।

याङनाम फुटबल क्लब, फिदिम, पाँचथरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधी सहित नगद २ लाख २ हजार हात पार्नेछ भने उपविजेताले लाख १ हजार प्राप्त गर्नेछ । फाइनल खेल आउँदो बैशाख २ गतेका दिन हुनेछ ।

Post Comments