फिदिम । याङवरक गाउँपालिका र फिदिम नगरपालिका यहाँ जारी दोस्रो याङनाम गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बिहीबार भएको तेस्रो क्वाटरफाइनलमा याङवरकले तुम्बेवा गाउँपालिकालाई ६–२ को फराकिलो अन्तरले हरायो । याङवरकका लागि जमिन लक्समले ह्याट्रिकसहित चार गोल गरे । त्यस्तै मनिल योङयाकोले थप दुई गोल गरे ।
पराजित तुम्बेवाका लागि मिनराज श्रेष्ठ र भिम सम्बाहाम्फेले एक–एक गोल गरे । खेलमा याङवरकका जमिन लक्सम म्यान अफ द म्याच घोषित भए ।
त्यस्तै चौथो क्वाटरफाइनलमा फिदिमले मिक्लाजुङ गाउँपालिकालाई सडन डेथमा ५–४ ले हराउँदै अन्तिम चारमा प्रवेश गर्यो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा फिदिमका गोलरक्षक बेगम गुरुङ म्यान अफ द म्याच घोषित भए ।
याङनाम फुटबल क्लब, फिदिम, पाँचथरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधी सहित नगद २ लाख २ हजार हात पार्नेछ भने उपविजेताले लाख १ हजार प्राप्त गर्नेछ । फाइनल खेल आउँदो बैशाख २ गतेका दिन हुनेछ ।
- तुम्बेवा अध्यक्ष कपमा फक्ताङलुङ,कुम्मायक र तुम्बेवा १ क्वाटर फाइनलमा प्रवेश
- उपेन्द्र निर्णायक बन्दा आयोजक कन्याटार सेमिफाइनलमा
- दोस्रो त्रिशाली गोल्डकपको उपाधिका लागि म्याङलुङ स्पोर्टिङ र रेड हर्ष एफसी इलाम भिड्ने
- तेह्रथुमको म्याङलुङ स्पोर्टिङ पॉचथरमा जारी त्रिशाली गोल्डकपको उपाधि नजिक
- पथरी एघार पॉचथरमा जारी त्रिशाली गोल्डकपको सेमिफाइनलमा प्रवेश