News केएफसी, झापा फाइनलमा, नवकिरणलाई पनि सफलता
गोलनेपाल

नवमीडाँढा । केएफसी, झापा यहाँ जारी अन्तर जिल्ला आमन्त्रित नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलतर्फ केएफसीले आयोजक तिजोक युवा क्लबलाई टाईब्रेकरमा ५–३ ले हराउँदै फाइनलमा प्रवेश गरेको हो । खेलमा केएफसीका निकेश श्रेष्ठ म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै अर्को खेलमा नवकिरण स्र्पोटिङ क्लब, झापाले आत्मा–पवित्र हक्चात यक्चुम, इलामलाई ३–२ ले हराउँदै सेमिफाइनलमा प्रवेश गर्यो । नवकिरणका लागि सुर्य राउत, रबिन मगर र बचन लिम्बुले गोल गरे । पराजित आत्मा–पबित्रका लागि अनुज माझी र सगिन लिम्बुले गोल गरेका थिए । खेलमा नवकिरणका रबिन मगर म्यान अफ द म्याच घोषित भए ।

तिजोक युवा क्लब, पाँचथरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Post Comments