नवमीडाँढा । केएफसी, झापा यहाँ जारी अन्तर जिल्ला आमन्त्रित नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलतर्फ केएफसीले आयोजक तिजोक युवा क्लबलाई टाईब्रेकरमा ५–३ ले हराउँदै फाइनलमा प्रवेश गरेको हो । खेलमा केएफसीका निकेश श्रेष्ठ म्यान अफ द म्याच घोषित भए ।
त्यस्तै अर्को खेलमा नवकिरण स्र्पोटिङ क्लब, झापाले आत्मा–पवित्र हक्चात यक्चुम, इलामलाई ३–२ ले हराउँदै सेमिफाइनलमा प्रवेश गर्यो । नवकिरणका लागि सुर्य राउत, रबिन मगर र बचन लिम्बुले गोल गरे । पराजित आत्मा–पबित्रका लागि अनुज माझी र सगिन लिम्बुले गोल गरेका थिए । खेलमा नवकिरणका रबिन मगर म्यान अफ द म्याच घोषित भए ।
तिजोक युवा क्लब, पाँचथरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
- तुम्बेवा अध्यक्ष कपमा फक्ताङलुङ,कुम्मायक र तुम्बेवा १ क्वाटर फाइनलमा प्रवेश
- उपेन्द्र निर्णायक बन्दा आयोजक कन्याटार सेमिफाइनलमा
- दोस्रो त्रिशाली गोल्डकपको उपाधिका लागि म्याङलुङ स्पोर्टिङ र रेड हर्ष एफसी इलाम भिड्ने
- तेह्रथुमको म्याङलुङ स्पोर्टिङ पॉचथरमा जारी त्रिशाली गोल्डकपको उपाधि नजिक
- पथरी एघार पॉचथरमा जारी त्रिशाली गोल्डकपको सेमिफाइनलमा प्रवेश