News फिदिम, न्यु पाथिभरा र तिजोकको जित
गोलनेपाल

पाँचथर । पाँचथर जिल्ला फुटबल संघको आयोजनामा यहाँ जारी खेलाडी बिमा सहितको पाँचथर जिल्ला ए डिभिजन लिगतर्फ फिदिम स्र्पोटिङ क्लब, न्यु पाथिभरा फुटबल क्लब र तिजोक युवा क्लबले आ–आफ्नो खेलहरुमा जित हात पारेका छन् ।

पहिलो खेलमा फिदिम स्र्पोटिङले टुस्टार ग्रामिण सिर्जनशील क्लबलाई ३–२ को रोमाञ्चक अन्तरले हरायो । दोस्रो खेलमा न्यु पाथिभरा क्लबले चोलुङ क्लबमाथि समान ३–२ को जित निकाल्यो भने तिजोकले रानीटार युनाइटेडलाई ३–१ ले हरायो ।

Post Comments