
काठमाडौं । उत्कृष्ट जित हात पार्दै बुधबार सम्पन्न एन्फा इन्टर–कलेज फुटसल च्याम्पियनसिपको उपाधि विनायक सिद्ध कलेजले जितेको छ । फाइनलमा विनायक सिद्धले ब्राईट भिजन कलेजलाई ८–३ को अन्तरले हराउँदै उपाधि जित्न सफल भएको हो ।
लगनखेलस्थित नेपाली सेनाको शारीरिक प्रशिक्षण केन्द्रको फुटसल कोर्टमा भएको उपाधि भिडन्तमा विनायक सिद्धका लागि लाक्पा तामाङ एक्लैले ६ गोल गरे । त्यस्तै आदिल हामिद र सुशन श्रेष्ठले थप एक–एक गोल गरे । उता पराजित ब्राईट भिजनका लागि निशान रावलले ह्याट्रिक पूरा गरे ।
विजेता बनेको विनायक सिद्धले उपाधिसहित नगद ५ लाख हात पार्यो भने उपविजेता ब्राईट भिजनले ३ लाखमा चित्त बुझाये । विधागततर्फ विनायक सिद्धका अभिषेक तामाङ उत्कृष्ट गोलरक्षक बन्दा ब्राईट भिजनका प्रसिद्ध मगरले सर्वाधिक गोलकर्ताको पुरस्कार जिते । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी भने विनायक सिद्धका लाक्पा लामा घोषित भए ।
- एन्फा यु-१६ युथ लिग शुरु, मनाङ र आर्मीको विजयी शुरुवात
- रोहित चन्दद्वारा बुटवल एन्फा एकेडेमीको अवलोकन र भेटघाट
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने