
काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङ्गले टोलीको आउँदो बन्द प्रशिक्षणका लागि ३० खेलाडीहरुलाई प्रारम्भिक टोलीमा सामेल गरेका छन् ।
टोलीको बन्द प्रशिक्षण यही जेठ २० गते आइतबारदेखि एन्फा कम्प्लेक्समा शुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । नेपाली महिला फुटबल टोलीले यसै बर्षको अक्टुबरमा बंगलादेशमा हुने साफ महिला च्याम्पियनसिपलाई लक्षित गरी बन्द प्रशिक्षण शुरु गर्न लागेको हो ।
बन्द प्रशिक्षणमा परेका ३० खेलाडीहरुः
गोलकिपर्सः अन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ, सुशिला कुमारी चौधरी
डिफेन्डर्सः अमृता जैशी, गीता राना, हिरा कुमारी भुजेल, बिमला बिक, निशा थोकर, समिक्षा घिमिरे, पुजा राना, सबिना चौधरी, गंगा गुरुङ्ग
मिडफिल्डर्सः अनिता बस्नेत, अमिषा कार्की, अनिता केसी, प्रिती राई, दिपा शाही, बिमला चौधरी, चन्द्रा भण्डारी, सरस्वती हमाल, रेनुका नगरकोटी, सरु लिम्बु, मनमाया दमाई, तुलसा बोहरा
फरवार्डसः साबित्रा भण्डारी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ, सबिता राना मगर, ममता पुन
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय