News
जिताकोट गोल्डेन फ्युचर कप साउन पहिलो सातादेखि

मध्यनेपाल । ऐतिहासिक ४१औं जिताकोट साउने संक्रान्ती मेला तथा बिष्णु बहादुर गुरुङ्ग र मञ्जा बहादुर गुरुङ्गको स्मृतिमा ११औं जिताकोट गोल्डेन फ्युचर कप सेभेन ए साईड खुला नकआउट फुटबल प्रतियोगिता आउँदो साउन २ गतेदेखि शुरु हुने भएको छ ।
जिताकोट गोल्डेन फ्युचर युवा क्लब, मध्यनेपाल नगरपालिका–१, जिता, लमजुङको आयोजनामा हुन गईरहेको प्रतियोगिताको यही असार २८ देखि साउन १ गतेसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ८००० र डिपोजिट वापत ५०० तोकिएको पनि आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले १०० तोला बराबरको चाँदीको ट्रफीसहित नगद १ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले ८१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
Post Comments