News ए डिभिजन लिग : हिमालयन शेर्पा र एपिएफले अँक बाँडे
गोलनेपाल

शहिद स्मारक ए डिभिजन लिगतर्फ शुक्रबार सम्पन्न पहिलो खेलमा हिमालयन शेर्पा क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबले गोलरहित बराबरी खेल्दै अँक बाँडेका छन ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा दुवै टोलीले केही गोलको प्रयास गरे तापनि गोल गर्न सफल भएनन् ।

यो नतिजासँगै निश्चित जितका साथ लिगको शुरुवात गर्ने दुवै टोलीको योजना विफल भईदिएको छ ।

शुक्रबार नै लिगको पहिलो चरणतर्फको दोस्रो तथा अन्तिम खेलमा दावेदार मनाङ मस्र्याङ्दी क्लब र ब्रीगेड ब्वाईज क्लब दिनको ३ बजे भिड्दैछन् ।

Post Comments