News चितवन जिल्ला लिगः एष्ट्रल र हर्दीलाई सफलता
गोलनेपाल

चितवन । सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा आज (शनिबार) दुई खेल सम्पन्न भएका छन् । लिग अन्तर्गत शारदानगरको मैदानमा आज सम्पन्न खेलमा एष्ट्र्ल युथ सोसाइटी र हर्दी युवा समाज विजयी भएका छन् पहिलो खेलमा एष्ट्रलले नारायणी एफसीलाई ६-० को फराकिलो अन्तरले हरायो ।

एष्ट्रलको जितमा जितबदाहुर मगर र विशाल लामाले समान २-२ तथा अश्विन लो तामाङ र अनिल क्षेत्रीले एक-एक गोल गर । जितले खेलको २८ औं र अतिरिकसमयको दोस्रो मिनेटमा गोल गरे । बिशालले आठौं र ६८ औं मिनेट तथा अश्विनले छैटौं र अनिलले ३१ औं मिनेटमा गोल गरे ।

यो जितपछि एष्ट्रलले ४ खेलमा ७ अंक बनाएको छ । एष्ट्रल तालिकाको चौथो स्थानमा उक्लिएको छ । नारायणी ५ खेलमा अंकबिहिन हुँदै तालिकाको पुछारमा छ ।

आजको अर्को खेलमा हर्दीले यात्रा ग्रुपलाई १-० ले हरायो । उसको जितमा सन्तोष तामाङले खेलको ५२औं मिनेटमा निर्णायक गोल गरे । यो जितपछि हर्दी ५ खेलमा १३ अंकसहित समूह बी को शिर्ष स्थानमा यथावत छ । यात्राको भने समान खेलमा २ अंक मात्र छ ।

Post Comments