News छथर जोरपाटि र बि.बि.सि. फाइनलमा भिड्ने
गोलनेपाल

म्याङलुङ । तेह्रथुममको म्याङलुङमा जारी नेत्र गुरागाई स्मृति गोल्ड कप २०८१ को उपाधिका लागि छथर जोरपाटी धनकुटा र बि.बि.सि. तेह्रथुम भिड्ने भएका छन ।

शुक्रबार सम्पन्न अन्तिम सेमिफाइनलमा ट्राइवेकरमा चुलाचुली दमक झापालाई पराजित गर्दै बि.बि.सि. तेह्रथुमले फाइनलमा छथर जोरपाटी धनकुटासंगको भेट पक्का गरेको हो । निर्धारित समयमा दुबै टिमबाट गोल हुन नसकेपछि खेलको नतिजा ट्राइवेकर मार्फत निकालिएको थियो ।

बिहीबार सम्पन्न पहिलो सेमिफाइनलमा थ्री(स्टार जलजले तेह्रथुमलाई ट्राईवेकरमा पराजित गर्दै छथर जोरपाटी धनकुटा फाइनल पुगेको हो । फाइनल खेल भदौ १५ गते शनिबार दिनको २ बजे सन्चालन हुने आयोजकले जानकारी दिएको छ ।प्रतियोगिताको विजेताले २ लाख सहीत ट्रफि र उपविजेताले १ लाख प्राप्त गर्ने म्याङलुङ स्पोटिङ युवा क्लबका अध्यक्ष प्रविन मोतेले बताउँनुभयो ।

लाखेजात्रा तथा श्रीकृष्ण जन्माष्टमीको अवसरमा म्याङलुङ रंगशालामा विगत वर्षहरूमा झै यो वर्ष पनि प्रतियोगिता सन्चालन गरिएको म्याङलुङ स्पोटिङ क्लबका अध्यक्ष मोतेले जानकारी दिनुभयो ।

त्यसैगरी वेष्ट किपर,वेस्ट प्लेयर,वेस्ट डिफेन्डर, हाई स्कोरर र उदयमान खेलाडीलाई उचित पुरस्कारले पुरस्कृत गरिने खेल संयोजक राजहाङ पीरती सुब्बाले बताउँनुभयो ।

Post Comments