News सिरहामा फुटबल प्रशिक्षण कार्यक्रम हुने
गोलनेपाल

गोलबजार । सिरहाको गोलबजार नगरपालिका भित्रका खेलाडीहरुको क्षमता बिकासका लागि तीन महिने फुटबल प्रशिक्षण तालिम हुने भएको छ ।

शिक्षा, युवा तथा खेलकुद शाखा गोलबजार, सिरहाको आयोजनामा यहि आउँदो पौष १ गतेदेखि हुने फुटबल प्रशिक्षण कार्यक्रम राष्ट्रिय प्रशिक्षक चेत नारायण श्रेष्ठले सञ्चालन गर्ने छन् ।

गोलबजार–४ सिरहा स्थित जनता प्राविधिक शिक्षालयमा हुने सो प्रशिक्षण कार्यक्रममा फुटबल प्रशिक्षणमा चासो राख्ने सबैलाई सहभागिताका लागि आयोजकले आह्वान समेत गरेको छ ।

प्रशिक्षण कार्यक्रमले जिल्ला भित्रका खेलाडीहरुको फुटबलमा चाहिने अनुशासन, क्षमता र मानसिक विकासमा थप टेवा पुग्ने आयोजकले विश्वास लिएको छ । साथै जिल्ला भित्रै हुने यस्ता प्रशिक्षण कार्यक्रमबाट राम्रा खेलाडीहरुको पहिचान पनि हुने आयोजकले जनाएको छ ।

Post Comments