News विश्व वरियतामा ६ स्थान तल झर्यो नेपाली महिला फुटबल टिम
गोलनेपाल

नेपाली राष्ट्रिय महिला फुटबल टोली फिफाको विश्व वरियतामा ६ स्थान तल झर्दै १०८ औं स्थानमा पुगेको छ ।

दक्षिण एसियाली राष्ट्रहरुमा भने नेपाल दोस्रो स्थानमा छ ।

त्यस्तै विश्व वरियताको ५९ औं स्थानमा रहेको भारत दक्षिण एसियातर्फ शिर्ष स्थानमा यथावत छ ।

१२६ औं स्थानमा रहेको माल्दिभ्स दक्षिण एसियातर्फ तेस्रो स्थानमा रहँदा १३३ औं स्थानमा रहेको अफगानिस्तान सार्क राष्ट्रतर्फ चौथो स्थानमा छ । त्यसैगरी श्रीलंका, पाकिस्तान, भुटान र बंगलादेश भने वरियता विहीन छन् ।

विश्व वरियताको शिर्ष स्थानमा भने अमेरिका रहेको छ । त्यस्तै जर्मनी दोस्रो स्थानमा छ भने इङल्याण्डले तेस्रो स्थान कब्जा गरेको छ ।

Post Comments