धुलाबारी । झापाको मेचीनगर १० धाइजनस्थित गोलबारीमा दुई दिने गणेश-ज्ञानेन्द्र राउत (जीआरजी) मेमोरियल खुल्ला फुटसल प्रतियोगिता हुने भएको छ ।
रेड स्टार फुटबल क्लबका उपाध्यक्षसमेत रहेका ज्ञानेन्द्र राउत र उनका बुबा गणेश राउतको स्मृतिमा फुटसल प्रतियोगिता भाेलि र पर्सि (शनिबार र आइतबार) आयोजना गरिएको आयोजक रेड स्टार फुटसलका अध्यक्ष देवेन्द्र राउतले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा भारत सिलिगुडीको एक टिमसहित इलाम र झापाका १८ वटा टिम सहभागी रहने छन् । प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले २५ हजारसहित ट्रफी पाउने छ ।
यसैगरी, सेमिफाइनलमा प्लेयर अफ दी म्याच बन्ने खेलाडीले १ हजार पाउँदा बेस्ट गोलकिप्परलाई १ हजार ५ सय र बेस्ट प्लेयरलाई २ हजारसहित ट्रफी प्रदान गरिने भएको छ ।
रेड स्टार एफसीका सचिव प्रेमकृष्ण श्रेष्ठका अनुसार प्रतियोगिताबाट बचत रकमले विपन्न समुदायका व्यक्तिको निःशूल्क आँखा शिविर र दाँत परीक्षण गरिने भएको छ । अहिले पनि मेनपा १० र १४ का विपन्न बालबालिकालाई निःशूल्क खेलमैदान उपलब्ध गराइएको छ ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा