News
प्रथम मरिण गोल्डकपको खेलतालिका सार्वजनिक
मरिण । मुङग्रे युनाइटेड युवा क्लब, मरिण गाउँपालिका–२, मुङग्रे खाटदमार, सिन्धुलीको आयोजनामा हुन गईरहेको प्रथम मरिण गोल्डकप नकआउट फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ ।
यही माघ २० गतेदेखि शुरु हुन गईरहेको प्रतियोगिताको उद्घाटन खेलमा बागमती युवा क्लब, सर्लाही र कटारी टाईगर फुटबल क्लब, उदयपुर भिड्ने छन् । कुल ९ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल भने माघ २५ गतेका दिन हुनेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ । त्यस्तै आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपालले प्रतियोगिताको सबै खेलहरु प्रत्यक्ष प्रसारण गर्नेछ ।
Post Comments
Related News
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः पुरुषतर्फ वार्ड नम्बर ३ र महिलातर्फ वार्ड नम्बर ४ लाई उपाधि
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः वार्ड नम्बर ७ र वार्ड नम्बर ३ फाइनलमा
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः महिलातर्फको फाइनल र पुरुषतर्फको सेमिफाइनल समिकरण पूरा
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः पुरुषतर्फ तीन र महिलातर्फ एक क्वाटरफाइनल खेल सम्पन्न
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः शुक्रबार चार खेलहरु सम्पन्न