News गण्डकी प्रदेश फुटबल संघमा लोकेन्द्र, प्रदेश लिग प्रदेश संघले नै गर्ने
गोलनेपाल

गोरखा । लमजुङका लोकेन्द्र गुरुङको अध्यक्षतामा गण्डकी प्रदेश फुटबल संघ गठन गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले गोरखामा गण्डकी प्रदेश भित्र रहेका फुटबल पदाधिकारीको जिल्ला भेला गरी गुरुङको अध्यक्षतामा १८ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

समितिको बरिष्ठ उपाध्यक्षमा मिलन गुरुङ, उपाध्यक्षहरुमा रामराज गुरुङ, सेतबहादुर पुन र निरज गुरुङ रहेका छन् । त्यस्तै महासचिवमा दिपेन्द्र श्रेष्ठ, सह–सचिव ज्योती श्रेष्ठ, प्रेम गुरुङ, प्रितम गुरुङ र प्रकाश रेग्मी छन् । त्यसैगरी कोषाध्यक्ष मुक्त राना, सह–कोषाध्यक्ष नरप्रसाद गुरुङ रहेका छन् ।

सदस्यहरुमा वेदबहादुर गुरुङ, सुमन गुरुङ, हरी खड्का, विनोद गुरुङ र संघको प्रवक्तामा रमेश कार्कीलाई मनोनित गरिएको छ । कार्यसमितिले पहिलो बैठक बस्दै विधान मस्यौदा छलफल, समिति सिफारीस गर्ने निर्णय समेत गरेको छ । अब प्रदेश लिग भने प्रदेश कमिटिको आयोजनामा हुने प्रवक्ता रमेश कार्कीले जानकारी दिए ।

गत कार्तिकमा संघ गठन गरिएपनि संघले एक वर्ष सम्म कुनै बैठक नबसेको कारण नयाँ अध्यक्ष सहितको कार्यसमितिलाई मान्यता दिने गरि चयन भएको प्रवक्ता कार्कीले जानकारी दिए । संघले नै अब प्रदेश स्तरीय लिग फुटबलको आयोजना गर्ने कार्कीले जानकारी दिए ।

Post Comments