Province 1 इटहरी एफसी अन्तिम चारमा प्रवेश गर्ने अन्तिम टोली
गोलनेपाल

इटहरी । इटहरी फुटबल क्लब, सुनसरी घरेलु मैदानमा जारी कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

मंगलबार नै सम्पन्न दिनको दोस्रो खेल तथा चौथो क्वाटरफाइनलमा इटहरीले गाईघाट फुटबल क्लब, उदयपुरलाई ३–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

इटहरीको जितमा समिक्षा मगर, मनिता तामाङ र सुनिता भुलनले गोल गरिन् । खेलमा इटहरी कै समिक्षा मगर प्लेयर अफ द म्याच बनिन् ।

प्रतियोगिता अन्तर्गत असार १७ गते बुधबारको पहिलो सेमिफाइनल खेल फेयर फुटबल क्लब, सुनसरी र सृजनशील महिला फुटबल क्लब, तेह्रथुमबीच हुने आयोजकले जानकारी दियो ।

इटहरी फुटबल क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही असार २० गतेका दिन हुनेछ ।

Post Comments