Province 1 पानबारीलाई सातौं खादले सिद्धदेवी गोल्डकपको उपाधि
गोलनेपाल

चौबिसे । यहाँ सम्पन्न सातौं खादले सिद्धदेवी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि पानबारी फुटबल क्लब, धरानले जितेको छ । फाइनलमा फाक्सिव फुटबल क्लब, साँगुरीगढीलाई टाईब्रेहरमा हराउँदै पानबारी च्याम्पियन बनेको हो ।

त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । टाईब्रेकरमा भने पानबारीले फाक्सिवमाथि ४–२ को जित निकाल्दै उपाधिमाथि कब्जा जमाउन सफल भयो ।

विजेता बनेको पानबारीले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्यो भने उपविजेता फाक्सिवले ६६,६६६ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुभायो ।

सीसीडिआइसी फुटबल क्लब, चौबिसे–७, मौनाबुधुक, धनकुटाको आयोजनामा बैशाख २ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments