हरिवन। चतुर्भुजेश्वर खेलमैदान हरिवन नगरपालिका वडा नं १० सुखेपोखरी सर्लाहीमा जारी प्रथम चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन कपको उपाधि युनाइटेड युवा क्लब महोत्तरीले हात पारेको छ।
स्वतन्त्र विद्यार्थी युनियन चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पस सुकेपोखरी हरिवन सर्लाहीले आयोजना गरेको प्रतियोगिताको समापन मङ्गलबार भव्यताका साथ सम्पन्न भएको छ।
मङ्गलबार सम्पन्न उपाधि भिडन्तमा वेंगाडावर युवा क्लब धनुषालाई ३-० गोलको फराकिलो नतिजामा पराजित गरी युनाइटेड महोत्तरीले उपाधि हात पारेको हो। युनाइटेडको जितमा खेलको सुरुवाती समयमा नै प्राप्त गरेको पेनाल्टीलाई सबिन लुङ्गेली मगरले गोल गर्दै अग्रता दिलाउन सफल भएका थिए।
त्यसै गरी धनुषाका अनुज लामाले गोल लाइन क्लियर गर्ने क्रममा आफ्नै गोलपोस्टमा गोल गर्दा महोत्तरीले उपहार स्वरूप दोस्रो गोल प्राप्त गरेको थियो। त्यसैगरी अभ्य लामाले टोलीको लागि तेस्रो गोल गर्दै युनाइटेड महोत्तरीको जित सुनिश्चित गरे। फाइनल खेलको प्लेयर अफ द म्याच भने युनाइटेडका प्रदीप मगर बन्न सफल भए।
प्रतियोगिताको सर्वाधिक गोलकर्ता युनाइटेडका अभ्य लामा, प्रतियोगिताको उत्कृष्ट गोल रक्षक बेङ्गाडावरका आकाश श्रेष्ठ त्यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी युनाइटेडका दिपेश चाम्लिङ राई बन्दै जनही रु. ५००० सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका हुन्।
विजेता बनेसँगै युनाइटेड युवा क्लब महोत्तरीले नगद रु.१ लाख १११ रुपैयाँ सहित आकर्षक ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ त्यसैगरी उपविजेतामा चित्त बुझाएको वेंगाडावर युवा क्लब धनुषाले नगद रु.५० हजार १११ रुपैयाँ प्राप्त गरेको हो।
- बेङ्गाडावर स्ववियु कपको उपाधि नजिक
- १० खेलाडीमा समेटिएको युनाइटेड स्ववियु कपको उपाधि नजिक
- गोलबजार र चतुर्भुजेश्वरको जितसँगै स्ववियु कपको सेमिफाइनल समीकरण पूरा
- प्रथम चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन कपमा बुधबार दोस्रो क्वार्टरफाइनल खेल सम्पन्न
- प्रथम चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन कप शुरु