Province 3 फिलिप्स महिला फुटबल टोलीको नयाँ प्रशिक्षक
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ –एन्फा) ले ग्यारी फिलिप्सलाई नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । फिलिप्सले अब पूर्व प्रशिक्षक हरि खड्काको स्थान लिने छन् ।

उनको नियुक्तिबारे एन्फाले बिहीबार आधिकारिक रुपमा पुष्टी गरेको छ । साथै एन्फाका अनुसार उनको कार्यकाल एक बर्षका लागि रहेको समेत बताइएको छ ।

राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा फिलिप्सको नियुक्तिलाई लिएर एन्फा टेक्निकल कमिटीका पाँँच सदस्यहरुले फिलिप्सको नाम सिफारिस गरेका थिए ।

त्यस्तै आगामी साफ महिला च्याम्पियनसिप र एएफसी महिला एसियन कप च्याम्पियनसिप २०२२ को छनौट प्रतियोगिता तयारीका लागि छिटै बन्द प्रशिक्षण शुरु गरिने समेत एन्फाले जनाएको छ ।

स्मरण रहोस, सनु २०१९ को जुलाईमा एएफसीको आर्थिक सहयोगमा फिलिप्सलाई एन्फाले टेक्निकल डाइरैक्टरका रुपमामा नियुक्त गरेको थियो ।

Post Comments