Province 3
अभिषेक चर्च भरतपुर १८ गोल्डकपको क्वाटरफाइनलमा
भरतपुर । अभिषेक चर्च रजहर भरतपुर १८ गोल्डकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
भरतपुर १८ वडा कार्यालय मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा बुद्धज्योति युथ क्लब माडीलाई सडन डेथमा हराउँदै अभिषेक चर्चले क्वाटरफाइनलको यात्रा तय गरेको हो । निर्धारित समय बराबरीमा सकिएपछि खेल टाईब्रेकरमा धकेलिएको थियो ।
टाईब्रेकरमा ५-५ को बराबरीपछि सडन डेथमा अभिषेक चर्चले बाजी मार्यो । अभिषेक चर्चका रोशन पहारी प्लेयर अफ दि म्याच बने ।
प्रतियोगितामा भोलि पहिलो क्वाटरफाइनल खेल हुनेछ । पहिलो क्वाटरफाइनलमा फर्साटिकर एफसी रुपन्देही र गैडाकोट फुटबल क्लब गैडाकोट भिड्नेछन् । खेल दिउँसो ३ बजे हुनेछ ।
१० टोली सहभागी प्रतियोगिता असोज ३० गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले ट्रफीसहित ४ लाख ४४ हजार ४४४ रूपैयाँ प्राप्त गर्नेछ । यस्तै उपविजेताले २ लाख २२ हजार २२२ रूपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
Post Comments