Province 3 फिफा वरियतामा नेपालको स्थान यथावत
गोलनेपाल

काठमाडौं । विश्व फुटबलको नियमनकारी निकाय फिफाले सेप्टेम्बर महिनाका लागि निकालेको नयाँ वरियतामा नेपालको वरियता भने यथावत रहेको छ ।

गत महिना पनि १६८औं वरियतामा रहेको नेपाल यस महिना पनि सोही वरियतामा यथावत छ । दक्षिण एसियातर्फ भने नेपाल तेस्रो रहेको छ । त्यस्तै दुई स्थान तल खस्किएको भारत १०७औं स्थानमा छ र दक्षिण एसियातर्फ शिर्ष स्थानमा कायम छ ।

फिफा वरियताको १५८औं स्थानमा रहेको साफ च्याम्पियन माल्दिभ्स दक्षिण एसियातर्फ दोस्रो स्थानमा छ । त्यसैगरी १८७औं स्थानमा रहेको भुटान दक्षिण एसियातर्फ नेपालपछि चौथो स्थानमा छ भने १८९औं स्थानमा रहेको बंगलादेश दक्षिण एसियातर्फ पाँचौं स्थानमा छ ।

त्यस्तै फिफाको कारवाहीमा परेको पाकिस्तान १९८औं स्थानमा छ र दक्षिण एसियातर्फ छैठौं स्थानमा छ भने २०५औं स्थानमा रहेको श्रीलंका दक्षिण एसियातर्फ सातौं स्थानमा छ ।

विश्व वरियताको शिर्ष स्थानमा बेल्जियम

फिफाले बिहीबार निकालेको नयाँ वरियतामा युरोपियन जायन्ट बेल्जियम शिर्ष स्थानमा छ । दक्षिण अमेरिकी महारथी ब्राजील दोस्रो स्थानमा रहँदा अर्को युरोपियन राष्ट्र इङल्याण्ड भने तेस्रो स्थानमा छ ।

Post Comments