Province 3 ए डिभिजन खेल्न इटालीबाट नेपाल आइपुगे बिकास
गोलनेपाल

काठमाडौं । पहिलोपटक नेपालको शिर्ष लिग खेल्न नेपाली मूलका इटालियन खेलाडी बिकास मेराग्लिया मंगलबार नेपाल आइपुगेका छन् । बाल्यकाल मै इटालियन दम्पतीका साथ इटाली पुगेका बिकासले आफ्नो बाल्यकाल उतै बिताउने क्रममा फुटबलतर्फ होमिएका थिए ।

चर्चित इटालियन क्लब एटलान्टाको युथ टोली यु–१७ र यु–१९ बाट खेलेर आफूलाई अब्बल प्रमाणित गरिसकेका १८ बर्षे बिकासले इटालीको यु–१६ टोलीबाट समेत खेलिसकेका छन् । पछिल्लो समय इटालीको चौथो डिभिजन खेलिरहेको टोली मेरिलियन्समा पुगेका बिकासले सामाजिक सञ्जालमार्फत पटक–पटक नेपाली फुटबललाई महत्व दिंदै नेपालमै खेल्न चाहेको इच्छा व्यक्त गरेका थिए ।

मंगलबार नेपाल आइपुगे तापनि विबास यहि महिनाको अन्तिमतिर शुरु हुन गईरहेको शहिद स्मारक ए डिभिजन लिगमा कुन क्लबबाट खेल्ने हो त्यसबारे अझै निश्चित भईसकेको छैन । यद्यपि उनलाई अनुवन्ध गर्न प्रायःजसो शिर्ष क्लबहरु इच्छुक रहेको बताइएको छ ।

स्मरण रहोस, यस बर्षको शहिद स्मारक ए डिभिजन लिग यहि कार्तिक २९ गतेदेखि शुरु हुँदैछ । त्यसका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले र सहभागिता जनाउने क्लबहरुले पनि खेलाडी अनुवन्धदेखि लिएर अन्य तयारीहरु समेत शुरु गरिसकेका छन् ।

Post Comments