Province 5
३८ औं झरना रनिङ सिल्ड: साबिक विजेता योङ स्टार सेमिफाइनलमा
कुञ्जलापुर। साबिक विजेता योङ स्टार क्लब रूपन्देहीको तिलोत्तमामा जारी ३८औं झरना रनिङ सिल्ड नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
सोमबार भएको रोमाञ्चक खेलमा भैरव स्पोर्ट्स क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै योङ स्टारले अन्तिम चारको यात्रा तय गरेको हो।
योङ स्टारको जितमा युवराज खड्का र मनिष थापाले १-१ गोल गरे। खेलको सुरुवाती गोल युवराज खड्काले गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने मनिष थापाले दोस्रो गोल थपे।
उता पराजित भैरव स्पोर्ट्स क्लबले खेलमा आत्मघाती गोल उपहार पाएको थियो। योङ स्टारका डिफेन्डर जेमिन लामिछानेले आफ्नै पोस्टमा बल छिराएपछि भैरवले एक गोल पाए पनि खेल बचाउन सकेन।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका योङ स्टारका युवराज खड्का 'म्यान अफ द म्याच' घोषित भए।
झरना स्पोर्टस क्लब, तिलोत्तमा–६, कुञ्जलापुर, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ ।
Post Comments