South Asia किर्गिस्तानमा बंगलादेशको हार
गोलनेपाल

काठमाडौं (एजेन्सी) । त्रिकोणात्मक फुटबल सिरिज खेल्न किर्गिस्तानमा रहेको बंगलादेशको राष्ट्रिय पुरुष फुटबल टोलीले आफ्नो पहिलो खेलमा बलियो प्याालेस्टाईनसँग हार बेहोरेको छ ।

ओमुरजाकोव स्टेडियममा सम्पन्न खेलमा बंगलादेशले प्यालेस्टाइनसँग ०–२ को हार बेहोरेको हो । प्यालेस्टाईनको जितमा खेलको ३३औं मिनटमा लेथ खरुबले पहिलो गोल गरेका थिए भने ४७औं मिनटमा यासेर हमिदले दोस्रो गोल थपेका थिए ।

स्मरण रहोस, सिरिज अन्तरगत प्यालेस्टाइनले आफ्नो पहिलो खेलमा घरेलु टोली किर्गिस्तान १–० को हार बेहोरेको थियो । सिरिज अन्तरगत अन्तिम खेल बंगलादेश र किर्गिस्तान बीच मंगलबार हुनेछ ।

साफ च्याम्पियनसिपको तयारीमा रहेको बंगलादेशले किर्गिस्तानको यु–२३ टोलीसँग पनि एक मैत्रीपुर्ण फुटबल म्याच खेल्ने कार्यक्रम छ । साफ च्याम्पियनसिप आउँदो अक्टुबर १ तारीखदेखि माल्दिभ्समा शुरु हुँदैछ ।

 

Post Comments