South Asia साफका लागि सबै टोली माले सिटीमा
गोलनेपाल

काठमाडौं । शुक्रबारदेखि शुरु हुन गईरहेको प्रतिष्ठित साफ च्याम्पियनसिपमा सहभागिता जनाउने सबै टोली आयोजक राष्ट्र माल्दिभ्स आइपुगेका छन् ।

कतारको बन्द प्रशिक्षण सकेर आयोजक माल्दिभ्स र नेपाल दुई दिन अघि नै माले सिटी पुगेका थिए । त्यस्तै भारत, श्रीलंका र बंगलादेश भने मंगलबार माल्दिभ्स ओर्लिएका थिए ।

प्रतियोगिताको उद्घाटन खेलमै आयोजक तथा साविक विजेता माल्दिभ्स र नेपाल भिड्दै छन् । सोही दिन बंगलादेश र श्रीलंका भिड्ने कर्यक्रम पनि छ । सबै खेलहरु माले सिटी स्थित नेशनल फुटबल स्टेडियममा हुनेछन् । नेपाल र माल्दिभ्सबीको उद्घाटन खेल नेपाली समयअनुसार ४ः४५ बजेदेखि शुरु हुने बताइएको छ ।

प्रतियोगितामा यसपटक आयोजक माल्दिभ्ससँगै नेपाल, भारत, बंगलादेश र श्रीलंका गरि दक्षिण एसियाका पाँच टोलीहरुले सहभागिता जनाउँदै छन् । भुटानले अन्तिम समयमा आएर सहभागिता नजनाउने घोषणा गरेको थियो भने पाकिस्तान फिफाको कारवाहीमा छ ।

राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शिर्ष दुई टोली फाइनलमा भिड्ने छन् । फाइनल खेल भने आउँदो अक्टुबर १६ तारीखका दिन हुनेछ ।

 

 

Post Comments