
काठमाडौं (एजेन्सी) । मंगलबारदेखि श्रीलंकामा शुरु चार देश सम्मिलित प्राइम मिनिष्टर महिन्दा राजापाक्ष ट्रफी अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उद्घाटन खेल नै रोमाञ्चक रुपमा सम्पन्न भएको छ ।
कोलोम्बोमा सम्पन्न उद्घाटन खेलमा आयोजक श्रीलंकाले शानदार पूनःरागमन गर्दै माल्दिभ्सलाई ४–४ गोलको बराबरीमा रोक्न सफल भयो । माल्दिभ्सले खेलमा चार गोलको स्पष्ट अग्रतालाई जोगाउन सकेन ।
खेल शुरु भएको आठौं मिनटमै अक्रम घानीले माल्दिभ्सका लागि पहिलो गोल गरेका थिए । त्यसको एक मिनट लगतै अली फसिरले दोस्रो गोल थपे । त्यस्तै ३४औं मिनटमा इब्राहिम हुसेनले तेस्रो गोल थप्दा ५८औं मिनटमा अली अशफाकले चौथो गोल गरेका थिए ।
यद्यपि खेलमा श्रीलंकाका लागि जर्मनमा जन्मिएर उतै व्यवसायीक फुटबल खेलिरहेका अहमद रजिक नायक बने । श्रीलंकाका लागि चारै गोल उनको नाममा रह्यो । रजिकले खेलको ६४, ६८ र ७२औं मिनटमा गोल गर्दै ह्याट्रिक पूरा गरे भने अन्तिमतिर इन्जुरी समयमा व्यक्तिगत चौथो गोल थप्दै घरेलु टोलीलाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।
चार देश सम्मिलित प्रतियोगितामा दक्षिण एसियाको अर्को टोली बंगलादेशसँगै अफ्रिकी मुलुक सिचेलेस पनि सामेल छ । राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शिर्ष दुई टोली फाइनलमा प्रवेश गर्ने छन् । फाइनल खेल यहि नोभेम्बर १९ तारीखका दिन हुनेछ ।
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय