South Asia
लिग उपाधितर्फ अग्रसर किरनको टोली माजिया

काठमाडौं । माल्दिभ्सको शिर्ष लिग दिवेही प्रिमियर लिगमा माजिया स्पोर्टस एण्ड रिक्रियशनबाट खेलिरहेका नेपालका चर्चित गोलरक्षक किरन चेम्जोङ आफ्नो नयाँ क्लबबाट लिग उपाधितर्फ अग्रसर देखिएका छन् ।
लिगको डिफेन्डिङ च्याम्पियन समेत रहेको माजियाले शनिबार राती किरन कै पूर्व क्लब टिसी स्पोर्टसलाई ५–० को फराकिलो अन्तरले हरायो । माजियाको जितमा टाना डोमिंगेजले ह्याट्रिक गरे भने इब्राहिम अैसम र समूह अलीले एक–एक गोल थपे ।
यो जितसँगै माजियाको १८ खेलबाट ५१ अंक भएको छ । लिगमा अब तीन खेलहरु खेल्न मात्र बाँकी रहँदा माजिया अझै शिर्ष स्थानमा यथावत छ । माजियाले आफ्नो आगामी खेल शुक्रबार पुछारतिर संघर्ष गरिरहेको डा ग्राण्डीसँग खेल्नेछ ।
Post Comments
Related News
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय