South Asia
भुटानमाथि बंगलादेशको साँघुरो जित

काठमाडौं । फिफा विन्डो अन्तर्गत अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचका लागि भुटान भ्रमणमा रहेको बंगलादेशको राष्ट्रिय फुटबल टोलीले बिहीबार भएको घरेलु टोली विरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा साँघुरो जित निकालेको छ ।
थिम्पु स्थित चाङलिमिथाङ नेशनल स्टेडियममा भएको खेलमा बंगलादेशले घरेलु टोली भुटानमाथि शून्यका विरुद्ध १ गोलको झिनो अन्तरको जित निकाल्यो । बंगलादेशका लागि खेलको छैठौं मिनटमा युवा फरवार्ड शेख मोर्सालिनले एक मात्र निर्णायक गोल गरे ।
दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचका लागि भुटान भ्रमणमा रहेको बंगलादेशले घरेलु टोलीसँग दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण म्याच आउँदो सेप्टेम्बर ८ तारीख, आइतबारका दिन चाङलिमिथाङ स्टेडियम मै खेल्नेछ ।
Post Comments
Related News
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय