South Asia
बंगलादेशमाथि भुटानको ऐतिहासिक जित

काठमाडौं । फिफा विन्डो अन्तर्गत दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचमा भुटानले बंगलादेशमाथि झिनो अन्तरको जित निकाल्दै पहिलो मैत्रीपूर्ण फुटबल म्याचमा बेहोरेको हारको बदला लिएको छ ।
थिम्पु स्थित घरेलु मैदान चाङलिमिथाङमा भएको खेलमा भुटानले बंगलादेशमाथि १–० को जित निकाल्दै पहिलो खेलमा बेहोरेको हारको बदला लिएको हो । खेलको अन्तिमतिर किगा वाङचुकले गरेको एक मात्र गोल भुटानको ऐतिहासिक जितमा निर्णायक गोल बन्यो ।
स्मरण रहोस, पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण म्याचमा बंगलादेशले भुटानमाथि समान १–० को जित निकालेको थियो । समग्रमा बंगलादेशमाथि भुटानको यो दोस्रो जित समेत हो । यसअघि भुटानले सन् २०१६ को एसियन कप छनौटतर्फ बंगलादेशलाई हराएको थियो ।
Post Comments
Related News
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय