ANFA सुनिलको चार गोलसँगै रिडी क्वाटरफाइनलमा
सुरज राना मगर

तानसेन । उत्कृष्ट जितका साथ रिडी फुटबल क्लब, गुल्मी यहाँ जारी दोस्रो न्यु युथ कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

रिडीले खहरे एफसीलाई शुन्यका विरुद्ध ५ गोलले हराउँदै अन्तिम आठमा स्थान पक्का गर्यो । तानसेन स्थित टुंडिखेल मैदानमा भएको खेलमा रिडीका लागि सुनिल जंग क्षेत्रीले ह्याट्रीक सहित ४ गोल गरे । थप एक गोल भने अनन रानाले गरे ।

खेलमा एक्लैले चार गोल गरेका रिडीका सुनिल जंग क्षेत्री म्यान अफ द म्याच चुनिए । प्रतियोगिता अन्तर्गत चैत १५ गते बिहीबारको पहिलो क्वाटरफाइनल खेल फर्साटिकर युवा क्लब, फर्साटिकर र युनाइटेड युथ, पाल्पा बीच हुने खेल संयोजक सन्दिप केसीले जानकारी दिए ।

न्यु युथ युनियन क्लब, तानसेन, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधी सहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही चैत २४ गतेका दिन हुनेछ ।

Post Comments